काठमाडाैं । दुरसञ्चार संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन१६ उपहार दिने घोषणा गरेको छ।
१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौँ, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौँ।’
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ।


















