काेराेना संक्रमित ५१ जना थपिए

58

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७८६ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७२५ पीसीआर परीक्षण गर्दा ४५ जना र एक हजार ६१ एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ ।  पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल मुलुकमा ६२२ जना सक्रिय सङ्क्रमित छन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा ७३ हजार ८८० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here