काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने ललितपुर कागथान घर भएकी हरिमाया श्रेष्ठको कोठाबाट करिब १३ लाख ६४ हजार ६ सय ५० रूपैयाँ मूल्य बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना बिहीबार साँझ चोरी भएको छ ।
कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर उक्त गरगहना चोरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















