डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल

91

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताउनुभएको छ ।

आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उहाँले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परिक्षण केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने पनि बताउनुभयो । नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उहाँले बताउनुभयो । एमालेलाई मतदान गरि विजयी गराउन वरिष्ठ उपाध्यक्ष पोखरेलले  मतदाताहरुलाई आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here