करिम बेन्जेमाले पहिलो पटक बालोन डी’ओर जिते

92

एजेन्सी । रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन्।

गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् । रियललाई २०२१-२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। लियोनल मेसीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।

गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए।

यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरेकी छन्। इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन्। यस्तै बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै वर्षको उत्कृष्ट क्लब घोषित भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here