‘विप्लव नेकपाको नवौं महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी

47

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ।

कपिलवस्तुको शिवगढीमा यही असोज २५ गतेदेखि सुरु भएको महाधिवेशन एक हप्तापछि आज सकिन लागेको हो।

नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको हो।

विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने रणनीति तय गर्न लागेको बैठकमा सहभागी एक नेताले जनाए ।

ती नेताले भने,‘चुनावमा भाग लिने/नलिने कार्यनीतिक सवाल हो। गत स्थानीय चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिइ चुनावमा भाग लिइयो। अब हुने चुनावमा भाग नलिने बहिस्कार गर्ने भन्ने छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here