‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

43

नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।  प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ना६ख २१९७ र लु१ख ९८७१ नम्बरको ट्रकमा लोड गरिराखेको उक्त चिनी र ट्रक बरामद गरिएको हो । बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here