सोल्टी होटलले आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने

73

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो । कम्पनीले यसका लागि आगामी पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २८ गतेको वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि गरिने बुक क्लोज अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउँछन् ।

होटलले आफ्नो चुक्ता पूँजीको २१.३१५ प्रतिशत अर्थात १७ करोड ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीको २४१ औं बोर्ड बैठकले गरेको प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here