बजारमा सुनचाँदीको भाउमा गिरावट

66
www.swaviman.com

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।

बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here