बारा । जितपुरसिमरा उपमहानगरपालिका-२४ स्थित सडकमा प्र.२-०३-००१ त ४११५नमबरको ट्याक्टरले बा.२३ प ४२६९ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१९ ईनर्वाशिरा बस्ने २० वर्षीय बसरुदिन देवानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागी वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीलेद नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















