१५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

89

काठमाडाैं । ललितपुरको जावालाखेल खेल मैदानमा भइरहेको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आयातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

कात्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् ।

अवलोकन कर्ताहरुका अनुसार काठमाण्डौका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाए पनि फूलको भाउ अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत भन्दा धेरै महँगो रहेको बताए ।

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नु भएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भए पनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरु मेलामा धेरै भेटिएको बताउनु भयो ।

उहाँले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी ठाउँ उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनु भयो । व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरेले पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउनुभयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा झण्डै साढे २४ लाख माला खपत हुने बताएको छ ।

नेपालमा तिहारका लागि गएको वर्ष झण्डै १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष झण्डै साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here