सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने

29

सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।

सोमबार कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँग सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। भारतीय मूलका सुनाक बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ।

यसअघि पेनी मोर्डन्टले पनि प्रधानमन्त्रीको दौडमा दाबेदारी पेश गरेकी थिइन्। उनले अन्तिममा आफ्नो दाबेदारी फिर्ता लिएकी थिइन्।

लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीले नयाँ प्रधानमन्त्रीको खोजी सुरु गरेको थियो। त्यसमा सुनाक र मोर्डन्टले दाबी गरेका थिए।

प्रधानमन्त्री ट्रसले राजीनामा दिएपछि पूर्वप्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा आउने ठानिएको थियो। तर जोनसन आफूसँग पर्याप्त सांसदको समर्थन रहे पनि तत्कालका लागि नेतृत्वका लागि उभिनु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट पछि हटेका थिए।

ट्रसले ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री छान्नका लागि द्रूत गतिको प्रक्रिया अपनाइएको हो। ३५७ सांसद रहेको कन्जरभेटिभ पार्टीको नेता बन्न चाहनेले कम्तीमा १०० सांसदको समर्थनसहित मनोनयन दर्ता गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here