सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने

63

काठमाडाैँ । कात्तिक कृष्ण औँसीका दिन मंगलबार ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ।

ग्रहण आज दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन्।

खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेगभन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए। उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए।

ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने सहप्राध्यापक आचार्यकाे भनाइ छ।

उनले भने, ‘सूर्य ग्रहण साँझ ४ः५३ मा सुरु भएर ५ः२६ बजे समाप्त हुँदैछ। यो युरोपबाट धेरै राम्रोसँग देखिन्छ। यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ। ग्रस्तास्त सूर्यग्रहण भन्ने गरिन्छ। यो ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो छ। अरू राशि भएकाले हेर्नु हुँदैन। धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन। तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ। यद्यपि वृद्धवृद्धाहरूको लागि छुट छ। सूर्यास्त भइसकेपछि खान सकिन्छ। मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ। तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ। यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसलाई हेर्नै हुँदैन। वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ, मीन राशिलाई कष्ट हुन्छ भनिएको छ। त्यस्तै, वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुनेछ।’

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताए। उनले टेलिस्कोपहरू नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here