कीतिपुर । कीर्तिपुरका चर्चित पत्रकार एवम् सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृ शाेक परेकाे छ ।
विगत दुई दशक भन्दाबढि पत्रकारिता क्षेत्रमा कृयाशिल शाक्यका पिता स्व. धनज्योति शाक्य किड्नी रोगबाट ७६ बर्षको उमेरमा असामहिक निधन भएको छ । कार्तिक १० गते बिहिबार भाईटिका दिन दिउँसो पाँच बिहिबार भाईटिका दिन दिउँसो पाँच बजे आफ्नै घरमा प्राण त्याग गरेको पारिवारिक श्रोतबाट जानकारी प्राप्त भएकाे छ ।
नेपालभाषा क्षेत्रमा चर्चित साहित्यकार, निर्देशक समेत रहनु भएका ललेन्द्र शाक्य नेवाः अनलाइन न्यूज डटकमका सम्पादक, स्वर्णिम सन्देश साप्ताहिकका सह–सम्पादक रहनुभएको छ । ललेन्द्र शाक्य सहित दुई जना छोरा तीन छोरी रहनु भएको छ । आज शुक्रवार नेवाः परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ ।


















