एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकसहित १२ जना माके प्रवेश

38

बैतडी  । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

आइतबार बैतडीको पाटन नगरपालिका–१, सकारमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलगायतका नेताले आयोजना गरेको घरदैलो कार्यक्रममा लक्षीराम बिक, पाटन नगरपालिका–१, वडा कमिटीका उपाध्यक्ष हजारी बिक, वडा सदस्य शेरसिंह बोहरा, दिलिप लावड, रघुवीर बोहरालगायतलाई माओवादी केन्द्रमा प्रवेश गराइएको थियो ।

लक्षीराम बिकले सङ्घीयता, गणतन्त्र र समावेशी माओवादी केन्द्रको सङ्घर्षका कारण प्राप्त भएकाले संविधानको रक्षा गर्न आफूसहित १२ जना नेताले नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

उनले भने, “गठबन्धनले संविधान, सङ्घीयता र समावेशीताको रक्षा गर्ने भएकाले चुनावी प्रचारकै क्रममा हामी माओवादी केन्द्रमा प्रवेश गरेका हौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here