बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए। स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन्।
भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुन: सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो। गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन्।
स्थानीयहरूले सार्वजनिक गरेको भिडियोमा देखाइए अनुसार अँध्यारोका बीच नदीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिएको छ। साथै उद्धारका लागि छिमेकी जिल्लाहरूबाट पनि उद्धारकर्मी तथा सुरक्षाकर्मीहरू पठाइएको छ ।
भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार उक्त दुर्घटनापछि नदीमा १ सयभन्दा धेरै मानिस फसिरहेका छन्। साथै मृतकको संख्या बढ्नसक्ने स्थानीय अधिकारीहरूले जनाएका छन्।
यद्यपि मृतक र नदीमा फसेकाहरूको संख्याबारे विभिन्न मिडियाले फरक फरक तथ्यांक दिएका छन्।


















