गच्छदारले भने– प्रधानमन्त्रीले के मुलुकलाई फेरी मुठभेठमा धकेल्न खोजेको हो ?

120

काठमाडौं/ नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ ।

बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना बढ्दै जाँदा त्यस प्रति गृहमन्त्री संवेदनशील नभएको आरोप लगाएका छन् । उनले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे ।

उनले भने- ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ ।’ ‘यस्तो प्रधानमन्त्रीहरुले बोल्ने गरेको मैले कहिल्यै सुनेको थिइन । यसरी राज्य चल्छ ? प्रधानमन्त्रीले के मुलुकलाई फेरी मुठभेठमा धकेल्न खोजेको हो ?’

प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोपसमेत लगाए ।

उनले दशैँ तिहारको मुखमा बजारमुल्य बढ्दै जाँदा त्यसतर्फ पनि सरकारले चासो नदेखाएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here