तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बहिरा महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाएका छन् ।
बहिरा महिलाका लागि आयोजना गरेको सचेतनामुलक कार्यक्रममा बहिराहरुलाई कसरी शिक्षा र रोजगारको व्यवस्था गर्ने भन्ने वारेमा योजना बनाइरहेको जनाउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पाण्डेले अपाङ्गता भएकाहरुले पनि हिनतावोध नगरेर अगाडि वढ्नुपर्ने जनाए ।
राष्ट्रिय बहिरा महासंघको आयोजनामा भएको कार्यक्रममा राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माले बहिराहरुलाई निकै समस्या भएको वताउँदै राज्यले उनीहरुका वारेमा सोच्न आवश्यक रहेको जनाएका थिए ।
निर्देशक प्रतिभा शर्माले वहिराहरुलाई गाँस, वासको समस्या रहेको जनाएकी थिइन् । केन्द्रीय उपाध्यक्ष सत्यदेवी वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दाङ जिल्ला भरिका एक दर्जन वढी वहिराहरुको सहभागिता रहेको थियो ।

















