ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

52

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। मङ्गलबार खानीगाउँका स्थानीय मङ्गलसिंह तामाङको घर आगलागी हुँदा उक्त क्षति भएको हो।

मङ्गलबार बिहान ९:३० बजेतिर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको इखाबुका वडाध्यक्ष महेश लाबुङ लिम्बूले जानकारी दिनुभयो।

वडाध्यक्ष लिम्बूका अनुसार विद्युत् सर्ट भएर घर आगलागी भएको हो। आगलागीले घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति हुन पुगेको वडाध्यक्ष लिम्बूको भनाइ छ।

उहाँकाअनुसार खाद्यान्नमा मकै १६ मुरी, जौ पाँच मुरी, कोदो तीन मुरी, चामल दुई बोरा र धान जलेको छ। त्यस्तै अलैँची दुई मन (८० केजी), एक तोला सुनको गहना, ५४ तोला चाँदी र ९२ हजार रुपियाँ नगदसमेत जलेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। क्षतिको बाँकी विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो। गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here