काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्डका नाममा यस्तो आदेश जारी गरेको हो।
यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई अवहेलना मुद्दामा सात दिन भित्र नै लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।



















