लेखक कपिल लोहनीको दोस्रो कृति ‘विविध आयाम’ लोकर्पण

294

काठमाडौं । लेखक कपिल लोहनीको दोस्रो कृति ‘विविध आयाम’ लोकर्पण भएको छ।  नेपाल सांस्कृतिक केन्द्र, कालिकास्थान, काठमाडौँमा लेखक, कवि, साहित्यकार एवं राजनीतिक तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा पुस्तक लोकर्पण गरिएको हो। विकास, वातावरण, समाज र संस्कृतिका बारेमा लेखिएका २० वटा आलेख रहेको पुस्तकमा यो क्षेत्रमा विगतमा भएका कामका साथै खासगरी २००७ सालपछि नेपालले कुन–कुन क्षेत्रमा कस्तो प्रगति हासिल ग¥यो र के कस्ता क्षेत्रमा नेपाल अभैm पनि पछि परेको छ तथा नेपालले समग्र विकासका निम्ति के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने कुरा सरल भाषामा प्रस्तुत गरिएको छ।

पुस्तकको भूमिकामा पुस्तकलाई सकेसम्म सबै उमेर समूहले बुझ्ने बनाउन सरल भाषा र शब्द प्रयोग गरिएको उल्लेख गरिएको छ। पुस्तकमा नेपालमा शिक्षाको विकासदेखि स्वास्थ्य, कृषि, नागरिक उड्डयन, समाज, सामाजिक सुरक्षा, बालश्रम, वातावरण, वनजङ्गलको संरक्षण, मौसम परिवर्तन, प्रकोप व्यवस्थापन, खाद्य व्यवस्थापन, बढ्दो सहरीकरण, धार्मिक तथा सामाजिक कुप्रथा आदिका बारेमा निकै रोचक लेखहरू समावेश छन्। पुस्तक कृपा पब्लिकेसन हाउसले प्रकाशित गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here