काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य सबै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.०२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्सेमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ कारोड ८९ लाख ८ हजारको कारोबार भएको छ । जसमध्ये एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको संस्थापक सेयर ३ करोड ६० लाख १८ हजार र अरुण कावेली पावर कम्पनीको ३ करोड ४५ लाख ४० हजारको कारोबार भएको छ ।
उच्च लाभांश प्रस्ताव गरेको युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ५.९२ प्रतिशत र सेञ्चुरी डिवेञ्चर २०८८ को मूल्य ३.१८ प्रतिशतले वृद्धि भएको छ ।
यता विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.९४प्रतिशतले गिरावट हुँदा मन्दाकीनी हाइड्रोपावरको सेयर मूल्य ४.९३ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले गिरावट भएको छ ।


















