बाराही आइपीओकाेमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने

58

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आज कात्तिक ४ गतेबाट आइपीओ जारी गरिरहेको छ। यस आइपीओमा आवेदन दिने समय थप गरेर अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले स्थानीयलाई २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुलाई निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनआइबिएल एस क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here