वाणिज्य बैंकको खाता खोल्दा निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा

50

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्दा ग्राहकले निःशुल्क एटीएम र मोबाइल बैंकिङ सेवा पाउने भएका छन् । राजधानीमा आजदेखि सुरू भएकाे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ लाई लक्षित गर्दै बैंकले याे सुविधा ल्याएकाे हाे ।

भोलि शनिबारसम्म चल्ने याे कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको स्टलमा गएर ग्राहकले बैंक खाता खाेल्दा निःशुल्क मोबाइल बैंकिङ, एटीएम, इनटरनेट बैंकिङका साथमा डबल मुद्दती खाता, १२.१३३ प्रतिशत ब्याजदर भएको मुद्दती खाता लगायतका सेवा पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here