घरको छतबाट खसेर एक बालिकाको मृत्यु

98

वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो।

बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन्। सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन्।

उनलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो। नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एलएसन्युरो अस्पताल वीरगञ्जमा पठाइएको थियो। उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here