आफु निर्बाचित भए जनताको शिर सधै ठाडो बनाउने गरि काम गर्ने ः सर्बेन्द्र खनाल

48

काठमाडौ । नेकपा एमालेसँग चुनाबी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा केन्द्रीत चुनाबी अभियानलाई देशब्यापी रुपमा संञ्चालन गरेको छ ।

यसैबीच नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौँले शनिबार काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । गंगबु स्थीत एक पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको बिजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि राष्ट्रियता, विकास, सुशाशन र समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

नेता ढकालले जनताको बहुदलिय जनवाद आफ्नो पार्टीले पनि आत्मसात गरेको बताउदै प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सुर्य चिन्हमा मतदान गर्न आफ्ना कार्यकर्ता तथा आम मतदातामा अनुरोध गरे । ढकालले एक कुशल र दक्ष पूर्व कमान्डर सर्बेन्द्र खनाल जस्तो योग्य उम्मेदवार पाउनु काठमाडौँ ६ को लागी गुमाउन नहुने अवसर भएको बताउँदै मङ्सिर ४ पछि केपी ओली प्रधानमन्त्री बन्ने र काठमाडौँ ६ को सुन्दर भबिष्य निर्माणको लागी एमालेको उम्मेदवारको जित आबस्यक रहेको तर्क गरे ।
कार्यक्रममा काठमाडौँ ६ का प्रतिनिधि सभाका उम्मेदवार सर्बेन्द्र खनालले आफु निर्बाचित भए जनताको शिर सधै ठाडो बनाउने गरि काम गर्ने र आफ्नो क्षेत्रमा नमुना काम गरेर देखाउने प्रतिबद्ता जाहेर गरे । परिवार दलका काठमाडौ जिल्ला अध्यक्ष अनिल भण्डारीले काठमाडौँ जिल्लामा मात्रै परिवार दलले पाँच हजार मत सुर्य चिन्हमा खसाल्ने प्रतिबद्ता जाहेर गरे ।  एमालेले काठमान्डू–६ मा   प्रतिनिधि सभामा खनाल संगै प्रदेश सभामा निरेस लाल सिंह महर्जन र अमन मास्केलाइ उम्मेदवार बनाएको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केशब स्थापित, एमाले नेता योगेन्द्र संग्रौला, परिवार दलका उपाध्यक्ष गणेश श्रेष्ठ, महामन्त्री सन्तोष पौडेल, सभासद मिलन राजबंशी, प्रबक्ता रुपसिंह भण्डारी, सह–महामन्त्री मनोज सुर्खेती, कोषध्यक्ष गोबिन्द मिश्र, महिला बिभाग प्रमुख बुद्धिमाया पुन लगाएतका नेताहरु उपस्थिति रहेको थियो ।  एमाले अध्यक्ष ओलीको निर्बाचन क्षेत्र झापा वाट चुनाबी अभियान सुरु गरेका एकनाथ ढकाल आफै सुर्य चिन्हमा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार हुन् । कार्यक्रममा  विभिन्न सास्कृतिक कलाहरुको समेत प्रस्तुति गरिएको कार्यक्रममा स्थानी बासीको बाक्लो उपस्थिति रहेको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here