हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ जना ७० पुग्याे

38

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा एक हजार ८७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २८ जनाको नतिजा पोजिटिभ आएको हो ।

एक हजार २१९ नमुनाको पीसीआर परीक्षण गर्दा २६ र ६६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार १४५ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here