कपिलवस्तु । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका- २ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 3 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















