काठमाडाैं । नेपालभाषा एकेडेमिको तत्वावधानमा संचालित दाता यज्ञरत्न धाख्वाले स्थापना गरिएको दान्यहिरा सिरपाः (पुरस्कार) वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई मरणोप्रान्त भाेलि शुक्रबार कार्तिक २५ गते प्रदान गरिने भएकाे छ ।
साथै दान्यहिरा संगीत सिरपाः(पुरस्कार) चर्चित संगीतकार मनराजा नकर्मि र दान्यहिरा बिज्ञान प्रविधि सिरपाः(पुरस्कार) कृषि बैज्ञानिक डा.केशरीलक्ष्मी मानन्धरलाई प्रदान गरिने कुरा एकेडेमिका व्यस्थापक शान्तराज शाक्यले बताउनु भयो ।
















