रमेश पटेल प्रतिनिधिसभाको लागि रुखमा र प्रदेशसभाको साइकलमा भोट माग्दै

84

वीरगञ्ज ।  पर्सा निर्वाचन क्षेत्र नम्बर २ का पाँचदलीय गठबन्धनभित्रका प्रतिनिधिसभाका उम्मेदवार अजय कुमार चौरसिय पक्षधरबाट सोही क्षेत्रकाे २ को खबाट प्रदेशसभाका उम्मेदवार बनेका रमेश पटेललाई धोखा मिल्ने संकेतहरु देखा परेका छन् ।

प्राप्त खबर अनुसार गत शनिवारका दिन माइस्थान क्षेत्रमा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार रमेश पटेल संयुक्त रुपमा घरदैलोमा भोट माग्ने क्रममा क्षेत्रका मतदाताहरुसँग चौरसिया र उनका आसेपासेले चौरसिया स्वयंको लागि मात्र रुख छापमा मतदान गर्न आग्रह गरिरहेका थिए भने रमेश पटेलले आफ्नो परिचय दिँदै प्रतिनिधिसभाको रुखमा र प्रदेशसभाको साइकलमा भोट माग्दै गरेको देखिएका थिए ।

अजय चौरसिया काँग्रेसबाट उम्मेदवार छन् भने प्रदेशसभा सदस्यमा रमेश पटेलले लोकतान्त्रिक समाजवादी पार्टीबाट गठबन्धनको उम्मेदवार बनेका छन् ।  सो घरदैलोमा अजय चौरिसयाको तर्फबाट ३० प्रतिशत सहभागि थिए भने पटेल समर्थकहरु ७० प्रतिशत थिए ।    घरदैलो पश्चात माइस्थान अगाडी रहेको खुल्ला पार्कमा कोणसभा गर्ने कार्यक्रम रहेपनि उल्लेखनीय नेता कार्यकर्ताको उपस्थिति नभएपछि कोणसभा नै नगरी कार्यक्रम रद्द गरिएको थियो । टेन्टबाट आएका ५० वटा कु्र्सी र साउण्ड त्यत्तिकै फिर्ता लानु परेको भन्दै उपस्थित समर्थकहरुले कानेखुशी गरिरहेका भेटिन्थे ।

प्रतिनिधिसभाका उम्मेदवार चौरसियाका समर्थक नक्कली ज्योतिष सम्राट पुरुषोत्तम दुबे नेपाली काँग्रेसको प्रदेशसभा सदस्य भए पनि गठबन्धनलाई भोट नदिएपनि एक भोट चौरसियालाई दिनु पर्छ भन्दै गठबन्धनलाई धोखा दिइरहेका स्थानीय मतदाताहरु बताउँछन् ।  रमेश पटेल आफू निर्वाचित भएको क्षेत्रमा आफ्नो कार्यकालमा गरेको विकासका कारण लोकप्रिय बनेको र जित्ने संभावना बढी भए पनि गठबन्धनबाट धोखा पाइने संभावना बढेपछि सचेत हुनु पर्ने उनका शुभचिन्तकहरुले राय व्यक्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here