लेबनानलाई ६ लाख खोप सहयोग

49

एजेन्सी । लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार हैजा खोपको विश्वव्यापी आपूर्ति व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) बाट छ लाख डोज हैजा खोपको प्राप्त गरेको छ ।

खोपहरू स्वास्थ्य मन्त्रालयको केन्द्रीय औषधी गोदाममा पु¥याइएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नोभेम्बर १२ बाट खोप अभियानमा सुरु हुने बताइएको छ ।

अभियानले एक वर्ष वा माथिका सबै शरणार्थी र आयोजक समुदायहरुलाई लक्षित गरिने बताइएको छ । आगामी तीन हप्तामा लक्षित जनसङ्ख्याको ७० प्रतिशतमा पुग्ने लक्ष्य रहेको जनाइएको छ । देशमा हैजाको प्रकोप द्रुत रूपमा फैलिरहेको हुँदा खोप महत्त्वपूर्ण उपकरण हुने लेबनानमा डब्ल्यूएचओ प्रतिनिधि अब्दिनसिर अबुबाकरले बताउनु भएको छ ।खोप आगमन समयमै भएकोमा लेबनानको जनस्वास्थ्य मन्त्रालय, संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू र साझेदारहरुसँगको सामूहिक प्रयासलाई अबुबाकरले धन्यवाद दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here