एक महिनामा ५३८ मिटर सुनकोसी मरिन डाइभर्सन

51

राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ।

टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ।

आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका-२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिन (टीबीएम) बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए।

आयोजना प्रमुख बरालले भने, “एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो। अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौँ । भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here