काठमाडौं / देश सञ्चार अनलाइनमा फोटो पत्रकारको रुपमा कार्यरत पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार संकलन तथा फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समुह( एनएफपीजे)नेपालले प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण गराएको छ । यो घटनाले फोटोपत्रकारले स्वतन्त्रता पूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएका ठहर गर्दै पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह घोर भत्र्सना समेत गरेको छ ।
यसरी पेशागत कामको शिलशिलामा खटिएका फोटोपत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बेला बेलामा सरकारमाथि निरंकुश बनेको आरोप लागिरहेका बेला पत्रकारलाई फोटो खिचे वापत पक्राउ गर्नुले सरकार प्रेस स्वतन्त्रताप्रति इमान्दार नभएको मात्र होइन स्वतन्त्र प्रेसको घाँटी निमोट्न लागिपरेको भान भएको छ ।
पक्राउ परेकी फोटोपत्रकार वर्षा शाहलाई तत्काल सम्मान पूर्वक विना सर्त रिहा गर्न फोटोपत्रकार समुह (एनएफपीजे) जोडदार माग गरेको छ ।



















