काठमाडौं / उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफुलगायत कैयौं सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् ।
यस्तै युएन वुमनका विकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारिता मार्फत लैंगिक हिंसाका मुद्दालाई प्राथमिकता दिन जोड दिनुभयो ।
सामुदायिक सुचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिसत नागरिकले महिला हिंसा विरुद्ध भएका कानुनको बारेमा अझै जानकारी नपाएको सर्वेक्षणले देखाएको जनाउदै सञ्चार माध्यमले यो विषयमा प्राथमिकता दिनु पर्ने जनाउनु भयो ।
सहभागि पत्रकारहरुबीचको छलफलबाट आगामि दिन लैगिंक हिंसा विरुद्ध नियमित कार्यक्रम गर्ने निष्कर्ष निकालिएको आचार्यले जानकारी दिनु भयो ।


















