चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि

43

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप १ हजार २५२ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।  त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४५३ रहेको छ। आज थप ३८ हजार २९८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here