सुर्य ध्वजाबाहक उमेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजय गराउने प्रण

95

काठमाडाैं । राष्ट्रिय युवा संघ चन्द्रागिरी नगर कमिटीका संयोजक ( महेश्वर श्रेष्ठ ) ले नेकपा एमालेका उमेदवारहरुलाई राष्ट्रिय युवा संघ द्वारा सक्दो साथ, सहयोग र योगदान दिने र सुर्य ध्वजाबाहक उमेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजय गराउने प्रण लिएका छन् ।

संयोजक श्रेष्ठ भन्छन् काठमाडौ क्षेत्र नं. १० मा इतिहासमै पहिलो पटक विकास प्रेमी युवा नेता प्रतिनिधि सभाका हिमेश के.सि , प्रदेश सभा शिवभक्ती वलामी र रामशरण आले जस्ता व्यक्तिहरुलाई उमेदवारका रुपमा पाउनु हुने क्षेत्र नं. १० का जनताहरुलाई भाग्यमानी मानेका छन् र क्षेत्र नं. १० का जनताहरुको सुख समृद्धि तथा विकासका निम्ति सम्पुर्ण आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई यसपालि आउदै गरेको मंसिर ४ गते आफ्नो बहुमुल्य मत सुर्य चिन्हमा दिएर सुर्य ध्वजाबाहक उमेदवारहरुलाई विजय गराउनु हुन्छ भने बिश्वास राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here