मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार जरिवाना

55

पोखरा । निर्वाचन आयोगले गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार जरिवाना लगाएको छ ।  मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका मनाङेले आयोगले तोकेको चुनावी खर्चले कार्यकर्तालाई रक्सी खुवाउन पनि नपुग्ने बताएपछि आयोगले जरिवाना लगाएको हो ।

यसअघि उनलाई स्पष्टीकरण सोधिएको थियो । आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here