काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०८० मत प्राप्त गरेका छन् ।
कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६० मत प्राप्त गरेका छन् ।

















