जीप दुर्घटनामा तीन प्रहरीको घटनास्थलमै मृत्यु

65

धनगढी । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो।

मतपेटिका पुर्‍याएर फर्किँदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

उनले भने, ‘तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ। उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछ।’

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here