कांग्रेसका उम्मेदवार गगन थापा बिजयी

72

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले  बिजयी भएका छन्

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्।

थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए।   उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ। यहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो। यहाँ औपचारिक घोषणा हुन बाँकी छ।

काठमाडौं-४ मा यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ।  २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए।  थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here