असन्तुष्टहरु र बाबुरामबीच भेटवार्ता

171

काठमाडौं- नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् ।

पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग हिजो बिहीवार भेट गर्दै नेता भट्टराईले वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको स्पष्ट पारेका थिए ।

भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here