टर्कीमा ६.० रेक्टर स्केलकाे भुकम्प गयाे

22

एजेन्सी । पश्चिमी टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । देशको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा आएको यो भूकम्पसँग सम्बन्धित खासै धेरै जानकारी उपलब्ध छैन ।

तर, इस्तानबुल र राजधानी अंकारासम्म भूकम्पको धक्का महसुस भएको खबर छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.० मापन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीको ३.०९ किलोमिटर भित्र रहेको थियो ।

पहिलो झट्काको केही समयपछि अर्को सानो झट्का पनि महसुस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here