अब पार्टी सुदृढीकरणमा लाग्छु : शंकर पोखरेल 

125

दाङ । प्रतिनिधि सभामा पराजय भोगेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले आफूलाई संसदीय भूमिकामा देख्न नचाहेको बताएका छन्। शुक्रबार बिहान घोराहीमा पत्रकारसँग कुरा गर्दै पोखरेलले अब आफू पार्टी सुदृढीकरण र संगठन मजबुद् बनाउनमा लाग्ने बताए।

उनले दाङका जनताले आफूले गरेका विकासका काम नबुझेकाले पनि पराजय भोग्नु परेको गुनासो गरे। ‘मैले प्रदेश राजधानी यहाँ बनाउन खेलेको भूमिका, चार लेन सडक निर्माणलगायत गरेका विकासका काम जनताले बुझेनन्,’ उनले भने। अहिलेको चुनावी नतिजाले यो देशको राजनीतिमा कांग्रेस र एमाले नै हावी हुन्छन् भन्ने देखाएको पोखरेलको भनाइ छ।

२०७४ मा प्रदेश सभामा चुनाव जितेका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका थिए। गत वर्ष भएको एमालेको १० औं महाधिवेशनबाट उनी महासचिव चुनिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here