काठमाडौं । शुक्रबार बिहानसम्म ३० लाख ५ हजार २३७ मत गणना भइसकेको छ। अहिलेसम्मको मतगणनामा एमालेले सर्वाधिक मत पाएको छ। उसले दश लाख मत कटाएको छ।
पछिल्लो विवरण अनुसार एमालेले १० लाख ४० हजार ६२४ मत पाएको छ। अहिलेसम्म गणना भएको मतको आधारमा उसले पाएको २६.६५ प्रतिशत हो।
त्यस्तै, कांग्रेसले ९ लाख ९६ हजार ३१६ मत पाएको छ। जुन २५.५१ प्रतिशत हो। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले ४ लाख ९० हजार १३२ मत पाएको छ। जुन १२.५५ प्रतिशत हो। IME Agni चौथोमा रहेको माओवादी केन्द्रले ४ लाख ५८ हजार ५७० मत पाएको छ।
उसले पाएको मत ११.७४ प्रतिशत हो। त्यस्तै, जनता समाजवादी पार्टीले १ लाख ३० हजार ७६९ मत पाएको छ। उसले पाएको मत ३. ३४ प्रतिशत हो। समानुपातिकको जारी मतगणनामा अन्य पार्टीले तीन प्रतिशत मत कटाएका छैनन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दुई प्रतिशतभन्दा केही बढी मत पाएका छन्। एकीकृत समाजवादी, नेमकिपा र लोसपाले एक प्रतिशतभन्दा केही बढी मत पाएका छन्।
















