दुर्घटना बीमा सेवा प्रदान गर्न विषयमा आईएमई जनरल इन्स्योरेन्स र पिक मीबीच बीमा सम्झौता

65

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे।

सम्झौतापश्चात् पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ।

सम्झौता पत्रमा हस्ताक्षरपश्चात् पिक मीका अध्यक्ष अधिकारीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मीका ग्राहकले राइड शेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट र मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको जानकारी गराए।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पिक मीका चालक र ग्राहकलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए।

उनले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन सबैमा आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here