काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले हिजाे शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५१ करोड रूपैयाँ छ। कम्पनीले पुस २७ गते बार्षिक साधारण गर्ने भएको छ। साधारण सभाले पारित गरेसँगै लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्। पुस १९ गतेसम्म लगानी गर्नेले कम्पनीले घोषणा गरेको लाभांश हात पार्नेछन्। पुस २० गते कम्पनीको बुक क्लोज हुनेछ। कम्पनीले यसअघि शतप्रतिशत लाभांश दिएको थियो। ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिएको थियो।