एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

53

काठमाडौं। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ। समानुपातिक प्रणालीको मतगणना एकैसाथ भइरहेको छ।

दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु हुन बाँकी छ। दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरु हुनसकेको छैन। त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी  छ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here