काठमाडौं । मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ ।
आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो ।
मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपूर्ण रहेको बताए ।
५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरूलाई जीवन वीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ ।
मेटलाइफले ३ अर्ब १६ करोड रूपैयाँभन्दा बढी दावी भुक्तानी गरेको छ । कम्पनीले ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ ।