भुवन केसीले नेपाली चलचित्र र संगीतबारे राजदूतहरूसँग भेटेर छलफल

53

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरूसँग भेटेका छन्।

युएईको नेपाल मिसनको ५१औं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्य्रममा केसीले विभिन्न देशको राजदूतसँग भेट गरेका हुन्।

नेपाली चलचित्र र संगीतबारे राजदूतहरूसँग छलफल भएको उनले बताए।

‘युएई मिसनको शुभ अवसरमा सम्मानित राजदूत र कूटनीतिज्ञहरुको भेटघाट रोचक रह्यो। उनीहरुले चलचित्र विकास बोर्डसँग सहकार्य गर्न आफूहरु आतुर रहेको जनाए,’ उनले फेसबुकमा लेखेका छन्,  ‘ नेपाली चलचित्र र संगीतको लागि उहाँहरूको शब्द, समर्थन र उत्साहको लागि म धन्यवाद दिन चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here