रास्वपाले भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतीको विरोध

94

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतीको विरोध जनाएको छ।

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतीय पक्षको ढुंगा लागेर नेपालका एक बालक घाइते भएको घटनाप्रति रास्वपाले विरोध जनाएको हो। सोमबार एक प्रेस विज्ञप्तिमार्फत् रास्वपाले भारतीय पक्षले हानेको ढुंगा लागेर खेलिरहेको नेपाली बालबालिका समेत घाइते भएको र एक वर्षमा तीन पटक ढुंगामुढा भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अन्तर्राष्ट्रिय सन्धी सम्झौता र भारतसँगको द्विपक्षीय सन्धी सम्झौता विपरीत भारतले गतिविधि गरिरहँदा सरकार मुकदर्शक बनेको रास्वपाले आरोप लगाएको छ। राजनीतिक दलहरुका साथै सरकार सञ्चालनमा रहेका दलहरु केवल राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवनरक्षाको निम्ति नबोल्ने संस्कारले राष्ट्रियता कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, ढुंगामुढा गर्ने, नदी किनारमा अनधिकृत संरचना निर्माण गर्ने र आपसी सद्‌भाव बिगार्ने खालका गतिविधि हुनु दु:खद्, अतिक्रमणकारी र भर्त्सनायोग्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रास्वपाले भारतीय पक्षबाट बनाइएका अनधिकृत संरचना तत्काल भत्काउन भारत सरकारको ध्यानाकर्षण गरेको छ। नेपाल र भारत सरकारबीच भएका अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा सीमा र नागरिकको रक्षा गर्न कूटनीतिक पहलमार्फत् समाधान गर्न सरकारसँग आग्रह गरेको छ। घाइते तथा पीडितहरुलाई औषधि उपचार, सुरक्षाको बन्दोबस्त, सीमा सम्पदाको संरक्षण र नागरिकहरुलाई अभिभाकत्व अनुभूति हुनेगरि काम गर्न रास्वपाले आग्रह गरेको छ।

महाकाली घटनाबारे रास्वपाको टिप्पणी– सरकार मुकदर्शक बनेर रमिता हेरिरहेको छ

PR_Raswapa1670232405.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here